२०८२, १८ असार बुधबार

तीन महीनामा एक हजार लिटर मदिरा नष्ट

तीन महीनामा एक हजार लिटर मदिरा नष्ट


बाजुरा, ५ माघ: प्रहरीले अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिगएको टोलीले बडिमालिका नगरपालिका–९ अन्तर्गत मार्तडीको वाउली बजारबाट २०० लिटर अवैध घरेलु मदिरा तथा मदिराजन्य कच्चापदार्थ बरामद आज नष्ट गरिएको प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटले जानकारी दिनुभयो ।

जिल्लाव्यापी अवैध मदिरा नियन्त्रण अभियानमा सक्रिय प्रहरीले तीन महीनाको अवधिमा एक हजार लिटर बराबरको मदिरा बरामद गरी नष्ट गरिसकेको प्रमुख भाटले बताउनुभयो । शुक्रबार मात्रै जिल्लाको हिमाली गाउँपालिका–५ मा २८० लिटर अवैध मदिरा बरामद गरी नष्ट गरेको प्रहरीले बताएको छ ।

प्रहरीले अवैध घरेलु मदिरासँगै सोफी नामक मदिरा पनि नियन्त्रण गर्ने अभियानमा प्रहरीले विशेष निगरानी बढाएको छ । त्यस्तै बूढीगङ्गा नगरपालिका–८ मा प्रहरीले १०० दर्जनभन्दा बढी सोफी नामक गुणस्तरहीन मदिरासमेत बरामद गरी नष्ट गरिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ६ : ३९ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर