२०८३, २० श्रावण बिहीबार

नदीजन्य पदार्थको चोरी निकासी रोक्न माग

नदीजन्य पदार्थको चोरी निकासी रोक्न माग


बुटवल, ६ माघ : प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरुले अनियन्त्रितरुपमा गरिँदै आएको अवैध नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा सदस्यले प्रदेशको तराईका जिल्लामा अनियन्त्रितरुपले अवैधरुपले नदीजन्य ढुङ्गा, गिटी र बालुवा चोरी निकासी भइरहेकाले उक्त कार्यमा रोक लगाउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । प्रदेशसभाको आजको बैठकमा रुपन्देहीका प्रदेशसभा सदस्य तुल्सीराम चौधरीले प्रदेश सरकारको कार्यविधि तथा मापदण्डविपरीत स्थानीय तहले जथाभावी उत्खनन् गर्न सिफारिश दिने गरिएको पाइएकाले प्रदेश सरकारले त्यसलाई रोक्नुपर्ने बताउनुभयो । “क्रसर उद्योग मापदण्डविपरीत चलिरहेकाले तिनको अनुगमन गरिनुपर्छ,” उहाँले भन्नुभयो ।

दाङका प्रदेशसभा सदस्य डिल्ली चौधरीले जिल्लाका विभिन्न नदीबाट ढुङ्गा, गिटी र बालुवाको चोरी निकासी भइरहेको बताउनुभयो । उहाँले क्रसर उद्योगका लापर्वाहीका कारण ढुङ्गा, गिटी र बालुवा सर्वसाधारणले सहजरुपमा पाउन नसकेको बताउनुभयो । चौधरीले बहुमत र अल्पमतका हिसाबले नभई सहमतिका आधारमा प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको टुङ्गो लगाइनुपर्नेमा जोड दिनुभयो ।

नवलपरासी पश्चिमका प्रदेशसभा सदस्य दीपेन्द्रकुमार अधिकारीले जिल्लामा मिल बन्द हुँदा उखु किसान मर्कामा परेकाले बन्द रहेका चिनी उद्योग सञ्चालन गर्नेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्ते पाल्पाका प्रदेशसभा सदस्य तुलाराम घर्तीले सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा दोभान सडकखण्ड टिप्परको ओभरलोडलगायत कारणले जीर्ण र जोखिमपूर्ण बनेकाले मर्मत सम्भार तथा स्तरोन्नति गर्न र चुनढुङ्गा खानीको अनुगमन तथा नियमन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ माघ आईतबार  ७ : ४० बजे

ओली ब्याक भएपछि कोशीमा हिक्मत कार्कीलाई निरन्तरता, उपयुक्त समयमा मात्रै नेतृत्व परिवर्तन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडान

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेजमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले अब पिपल्स

‘दोहोरो मापदण्ड बन्द गर, कि माफी माग कि राजीनामा देउ’: सरकारमाथि शंकर पोखरेलको कडा प्रहार

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको दोहोरो

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा