काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रति लिटर दुई रुपैयाँले घटाएको छ। बिहीबार बिहानदेखि लागू भएको नयाँ मूल्य अनुसार पहिलो वर्ग उपभोक्ताले १५८.५० रुपैयाँ, दोस्रो वर्गले १६० रुपैयाँ र तेस्रो वर्गले १६१ रुपैयाँ तिर्नुपर्नेछ। यो मूल्य घटाउले उपभोक्तालाई प्रत्यक्ष आर्थिक राहत दिने अनुमान गरिएको छ। पेट्रोल मूल्य घट्दा सवारी साधन, ढुवानी र दैनिक उपभोग…