२०८३, २६ आश्विन मंगलबार

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता


काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल कारोबारलाई थप सहज र ग्राहकमैत्री बनाउन ई–कमर्स प्लेटफर्म दराज नेपालसँग भुक्तानी सेवा सम्झौता गरेको छ। सम्झौता अनुसार, नेपाल बैंकका ग्राहकहरूले दराजमार्फत अनलाइन किनमेल गर्दा आकर्षक छुट सुविधा पाउनेछन्। यो योजना २०८२ साल कार्तिक २५ देखि मंसिर ६ गतेसम्म (नोभेम्बर ११–२२, २०२५) लागू हुनेछ।

सम्झौतामा बैंकका तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजका तर्फबाट प्रोजेक्ट लिड (डिजिटल पेमेन्ट तथा फाइनान्स सर्भिसेस) रिशव थापाले हस्ताक्षर गरेका हुन्। नेपाल बैंकले निरन्तर नविनता र प्रविधिमुखी सेवामा जोड दिँदै आएको छ। डिजिटल ग्राहकको संलग्नता बढाउन र अनलाइन कारोबारलाई प्रोत्साहन गर्न बैंकले ई–कमर्स कम्पनीहरूसँग सहकार्यलाई निरन्तरता दिइरहेको छ। यस अन्तर्गत, दराजसँगको साझेदारीले बैंकका ग्राहकलाई आधुनिक बैंकिङ सेवाको थप सुविधा प्रदान गर्ने विश्वास लिइएको छ।

बैंकका अनुसार

  • डेबिट कार्ड प्रयोगकर्ताले दराजमा अग्रिम भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा रु. १,५०० सम्म छुट पाउनेछन्।
  • क्रेडिट कार्ड प्रयोगकर्ताले अग्रिम भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा रु. २,००० सम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुट प्राप्त गर्न ग्राहकले आफ्नो कार्डमा ई- कमर्स सेवा सक्रिय गराउनुपर्नेछ। यसका लागि बैंकका कुनै पनि शाखाबाट सजिलै सक्रियता गर्न सकिन्छ।

नेपाल बैंकले डिजिटल नेपाल अभियानलाई समर्थन गर्दै ग्राहकहरूलाई सुरक्षित, सहज र प्रविधिमैत्री वित्तीय पहुँच उपलब्ध गराउँदै आएको छ। यसरी बैंकले ग्राहकहरूको दैनिक जीवनलाई अझ सहज बनाउने उद्देश्यसहित अनलाइन भुक्तानी प्रणालीमा आफ्नो अग्रणी भूमिका विस्तार गरिरहेको छ।

प्रकाशित मिति : २०८२, २६ कार्तिक बुधबार  १० : ५० बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल