२०८३, ३ असार बिहीबार

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति


काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई देशबीच ऊर्जा प्रसारण र आदान–प्रदान क्षमताको विस्तार गर्न सहमति भएको छ। बैठक कार्तिक १७ र १८ गते पोखरामा सम्पन्न भएको हो, जसको सह–अध्यक्षता नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र भारतका केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाले गरेका थिए।

बैठकले चमेलिया–जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइनको संयुक्त डीपीआर २०२५ नोभेम्बरसम्म तयार गर्ने र २०२७ डिसेम्बरसम्म कार्य सम्पन्न गर्ने सहमति गरेको छ। त्यस्तै बुटवल–गोरखपुर ४०० के.भी. लाइनलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्ने तयारी सहित उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग थप छलफल गर्ने निर्णय भएको छ।

ढल्केवर–मुजफ्फरपुर र ढल्केवर–सितामढी लाइनमार्फत नेपालले भारततर्फ १,५०० मेगावाट निर्यात र १,४०० मेगावाट आयात गर्न सक्ने क्षमता कायम भएको बैठकले निष्कर्ष निकालेको छ। यससँगै निजगढ–मोतीहारी ४०० के.भी. डबल सर्किट लाइन, लमही–लखनउ ४०० के.भी. लाइन, र अन्य प्रसारण पूर्वाधार सुदृढीकरणका विषयमा पनि सहमति भएको छ।

बैठकले नेपाल–भारतबीच ऊर्जा व्यापार विस्तार, प्रसारण पूर्वाधार बलियो बनाउने र आगामी परियोजनाहरूलाई तीव्रता दिने महत्वपूर्ण मार्ग प्रशस्त गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२, १९ कार्तिक बुधबार  १० : ५८ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई