२०८३, १२ कार्तिक बिहीबार

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा


सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको भुक्तानी नगरेपछि किसानहरू आइतबारदेखि उद्योगको गेटमा धर्ना सुरु गरेका छन्। किसानहरूले आर्थिक वर्ष २०७०/७१ देखि ९ करोड ७० लाख रुपैयाँ भुक्तानी बाँकी रहेको बताएका छन्।

उद्योग प्रशासनले भने पुरानो भुक्तानी मुद्दा सर्लाही जिल्ला अदालतमा विचाराधीन रहेको र उद्योग सन् २०७७ मा नयाँ मालिकले खरिद गरेको जनाएको छ। उद्योगले आर्थिक वर्ष २०७९/८० मा मूल्य नतोकेर र उत्पादन कम आएपछि आर्थिक संकटमा परेको बताएको छ।

किसानहरूले उद्योगका यी कारणहरू बहाना मात्र भएको भन्दै आफ्नो मेहनतको मूल्य पाउन धर्ना जारी राख्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०८२, २४ कार्तिक सोमबार  ११ : ३० बजे

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली

सभामुख अर्यालसँग रविको २० मिनेट भेट, अघिल्लो दिन बालेनसँग चार घण्टा छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा