२०८३, ११ कार्तिक बुधबार

दक्षिण कोरियाको ई-७ भिसा प्रक्रियाले गति लियो, सीपयुक्त नेपालीलाई रोजगारीको अवसर

काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसामार्फत सीपयुक्त नेपाली श्रमिक पठाउने प्रक्रिया अघि बढाउन सरकारले औपचारिक पहल थालेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले कानुनी प्रक्रिया पूरा गर्दै सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिएको हो। मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै दक्षिण कोरियाबाट प्राप्त श्रमिक मागपत्र नेपाली कूटनीतिक नियोगमार्फत प्रमाणीकरण गरी वैदेशिक रोजगार ऐन, २०६४ अनुसार…