२०८३, १० कार्तिक मंगलबार

कर्णालीमा बेपत्ता गाडीको खोजी तीव्र, सोनार क्यामरा र गोताखोर परिचालन

कर्णालीमा बेपत्ता गाडीको खोजी तीव्र, सोनार क्यामरा र गोताखोर परिचालन


काठमाडौं । दैलेखस्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक गाडी र यात्रुको खोजीलाई तीव्र बनाउन सशस्त्र प्रहरीले अत्याधुनिक उपकरणसहित विशेष गोताखोर टोली परिचालन गरेको छ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार सदस्यीय गोताखोर टोली घटनास्थल पुगेको छ। टोलीले नदीको गहिराइमा रहेका वस्तु पत्ता लगाउने सोनार क्यामरा, म्याग्नेट तथा अन्य खोजी उपकरण प्रयोग गरेर अभियान सञ्चालन गर्नेछ।

यसअघि नै दैलेखस्थित सशस्त्र प्रहरी गुल्म, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा नम्बर–६ महेश्वरी बाहिनी, सुर्खेतबाट समेत सुरक्षाकर्मी र थप गोताखोर परिचालन भइसकेका छन्।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गअन्तर्गत चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडामा सडकबाट करिब ६ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।

खोजीका क्रममा घटनास्थलबाट करिब ४ सय मिटर तल एक पुरुषको शव फेला परेको भए पनि गाडी र अन्य यात्रुको अझै अत्तोपत्तो लागेको छैन।

नदीको तीव्र बहाव र गहिराइका कारण उद्धार तथा खोजी कार्य जटिल बनेको छ। यद्यपि सशस्त्र प्रहरीले सबै उपलब्ध स्रोत–साधन परिचालन गरी बेपत्ता गाडी र यात्रुको खोजीलाई निरन्तरता दिएको जनाएको छ।

प्रकाशित मिति : २०८३, १९ असार शनिबार  ९ : ०२ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना