२०८३, १० कार्तिक मंगलबार

दक्षिण कोरियाको ई-७ भिसा प्रक्रियाले गति लियो, सीपयुक्त नेपालीलाई रोजगारीको अवसर

दक्षिण कोरियाको ई-७ भिसा प्रक्रियाले गति लियो, सीपयुक्त नेपालीलाई रोजगारीको अवसर


काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसामार्फत सीपयुक्त नेपाली श्रमिक पठाउने प्रक्रिया अघि बढाउन सरकारले औपचारिक पहल थालेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले कानुनी प्रक्रिया पूरा गर्दै सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिएको हो।

मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै दक्षिण कोरियाबाट प्राप्त श्रमिक मागपत्र नेपाली कूटनीतिक नियोगमार्फत प्रमाणीकरण गरी वैदेशिक रोजगार ऐन, २०६४ अनुसार प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।

मन्त्रालयका अनुसार यो निर्णय दक्षिण कोरियाली पक्षबाट प्राप्त कूटनीतिक नोट, परराष्ट्र मन्त्रालयको सिफारिस तथा उच्च अदालत पाटनबाट जारी आदेशलाई आधार मानेर गरिएको हो। असार १५ गते मन्त्रीस्तरीय निर्णयपछि प्रक्रिया कार्यान्वयनतर्फ अघि बढाइएको जनाइएको छ।

यससँगै वैदेशिक रोजगार विभागलाई आवश्यक प्रशासनिक र कानुनी व्यवस्थापन मिलाउन निर्देशन दिइएको छ भने सियोलस्थित नेपाली राजदूतावासलाई पनि समन्वयका लागि जानकारी गराइएको मन्त्रालयले जनाएको छ।

ई–७ भिसा दक्षिण कोरियामा दक्ष तथा प्राविधिक जनशक्तिका लागि प्रदान गरिने विशेष श्रम भिसा हो। लामो समयदेखि कानुनी जटिलताका कारण रोकिएको यो प्रक्रिया पुनः सञ्चालनको तयारीसँगै दक्ष नेपाली श्रमिकले निजी म्यानपावर कम्पनीमार्फत समेत रोजगारीको अवसर पाउने अपेक्षा गरिएको छ।

सरकारको यो निर्णयले दक्षिण कोरियाको श्रम बजारमा दक्ष नेपाली जनशक्तिको पहुँच विस्तार हुनुका साथै वैदेशिक रोजगारीलाई थप व्यवस्थित र कानुनसम्मत बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३, १९ असार शनिबार  ९ : ०९ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना