२०८२, २५ फाल्गुन मंगलबार

इण्डो नेपाल ओपन फुल कन्ट्याक्ट कराँते प्रतियोगिता काभ्रेमा शुरु

बनेपा, १४ मङ्सिर: प्रथम इण्डो–नेपाल ओपन फुल कन्ट्याक्ट कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट प्रतियोगिता आजबाट काभ्रेपलाञ्चोकको बनेपामा शुरु भएको छ । दुई दिनसम्म चल्ने प्रतियोगिता नेपाल र भारतबीच खेलको माध्यमबाट सुमधुर सम्बन्ध बढाउन र एकै संस्कृतिसँग बाँधिएका सामाजिक जीवनलाई थप विकास गर्नका लागि सो प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ…