२०८३, ९ श्रावण आईतबार

काभ्रेका क्योकुशिन कराँतेका राष्ट्रिय विजेता वाइबाको निधन

काभ्रेका क्योकुशिन कराँतेका राष्ट्रिय विजेता वाइबाको निधन


धुलिखेल, १४ असारः काभ्रेबाट नेपाली खेलकुद जगतको कराँते बिदाका एक कुशल तथा निडर खेलाडी बीरमान लामा (वाइवा)को निधन भएको छ । गएराति खाना आएर सुत्नु भएका वाइबा बिहान अबेरसम्म पनि नउठेपछि परिवारका सदस्यले उठाउन खोज्दा मृत अवस्थामा फेला पर्नुभएको हो ।

काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ६, मेदाङसु स्थित आफ्नै निवासमा बीरमान मृत फेला परेको उनका साइला दाइ आशमान वाइबाले जानकारी दिए । २९ बर्षीय बीरमान लकडाउनपछि गाउँ गएका थिए ।

नेपाली सेनामा कार्यरत बीरमान बिगत २ दशक यता खेलकुदमा आबद्ध थिए । उनी एक दशकसम्म नेपालका राष्ट्रिय विजेता हुन् । क्योकुशिन कराँतेका राष्ट्रिय विजेता उनले क्योकुशिन कराँतेबाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागी भएको उनले बताए ।

बीरमानको मृत्युको कुनै कारण नखुलेको उनका दाई आशमानले बताए । उनका चार दाजु भाई छन् । बीमार कान्छो सन्तान हुन् ।

प्रकाशित मिति : २०७७, १४ असार आईतबार  २ : ५३ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक