२०८३, २२ जेष्ठ शनिबार

नोभाकलाई नवौँ पटक अस्ट्रेलियन ओपनको उपाधि

नोभाकलाई नवौँ पटक अस्ट्रेलियन ओपनको उपाधि


काठमाडौँ, ९ फागुन । विश्व नम्बर एक खेलाडी सर्बियाका नोभाक जोकोभिचले नवौँ पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । जोकोभिचले रूसका मेदभेदेभलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि हात पारेका हुन् ।

३३ वर्षीय जोकोभिचले चौथो वरीयताका मेदभेदेभविरुद्ध पहिलो सेटमा संघर्ष गर्नु परे पनि बाँकी सेट सहजै जितेका थिए । जोकोभिचले २५ वर्षीय मेदभेदेभलाई ७–५, ६–२, ६–२ को सेटमा पराजित गरे ।

जोकोभिचको यो १८औं ग्राण्ड स्लाम उपाधि हो । अब जोकोभिच राफेल नाडाल र रोजर फेडेररभन्दा दुई उपाधिले मात्र पछाडि छन् । नाडाल र फेडेरर दुवैले समान २० वटा ग्राण्ड स्लाम उपाधि जितेका छन् ।।

 

प्रकाशित मिति : २०७७, ९ फाल्गुन आईतबार  १० : ३१ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति