२०८३, १८ भाद्र शुक्रबार

नेकोस काठमाडौ मेट्रो चेस प्रतियोगिताको उपाधि पुरुषोतम सिलवाललाई

नेकोस काठमाडौ मेट्रो चेस प्रतियोगिताको उपाधि पुरुषोतम सिलवाललाई


काठमाडौं २२ जेठ :  नेकोस काठमाडौ मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधी काठमाडौका पुरुषोत्तम सिलवालले जितेका छन् । नेपाल खेलकुद महासंघ नेकोस र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामाभएको हो ।

प्रतियोगितामा सहभागी ७१ जना प्रतिष्पर्धीलाई उछिन्दै दुई दिने प्रतियोगितामा शतप्रतिशत नतिजा हासिल गर्न सफल सिलवालले ७ खेलबाट ७ अक बनाउँदै ७ हजार रुपैंया नगद पुरस्कार प्राप्त गरेका हुन । काठमाडौका कुशल बेलबासे र तिलिङ्टार माविका पुर्णिमा गुरुङ समान ६ अंकका साथ दोश्रो तथा तेश्रो स्थान हासिल गर्दै क्रमशः ५ हजार तथा ४ हजार नगद प्राप्त गरे । त्यसैगरी बर्दियाका निशान्त श्रेष्ठ ५ दशमलब ५ अंकका साथ चौथो स्थानमा रहँदै ३ हजार नगद हासिल गरे भने ७ खेलबाट ५ अंक बनाएका कपिल घिमिरे पाँचौै हुदै नगद २ हजार प्राप्त गर्न सफल रहे ।

काठमाडौंकी मार्शल तामाङ ७ खेलबाट ५ अंक बनाउँदै महिलातर्फ उत्कृष्ट घोषित भईन । त्यसैगरी झापाकी पुनम प्रसाईं ४ अंकका साथ दोश्रो, युनिशा सुवेदी तेश्रो, सिवानी रिजाल चौथो तथा सबनम रिजाल पाँचौं स्थानमा रहन सफल भए । समान ५ अंक बनाएका अभिक शाह तथा अविन पाण्डे १४ वर्षसम्मको उमेर समुहमा क्रमशः पहिलो तथा दोश्रो स्थानमा रहन सफल भए । त्यस्तै समान ४ दशमलब अंक जोडेका आश्चर्य चौधरी तथा सागर सुप्रभ श्रेष्ठ तेश्रो तथा चौथो स्थानमा रहे भने आलोक चौधरी ४ अंकबा साथ पाँचौं भए ।

१० वर्ष सम्मको उमेर समुहमा लक्ष्य मोर ४ अंकका साथ पहिलो हुन सफल भए । त्यस्तै अग्रिम तामाङ, असिम महर्जन, ग्रिस्मन अधिकारी तथा तयाहाङ राई क्रमशः दोश्रो, तेश्रो, चौथो तथा पाँचौं हुन सफल भए । प्रतियोगिताका विजेता खेलाडीलाई नेपाल खेलकुद महासंघका स्कुल विभाग प्रमुख प्रभात विक्रम कटवाल, साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा। राजेन्द्र केसी, नेपाल बुद्धिचाल संघका सदस्य अन्र्तराष्ट्रिय आर्विटर उमेश केसी, ईन्टरनेशनल मोटिभेसनल स्पीकर भुवन राज चतौट, नेकोसका केन्द्रिय सदस्य नवराज खरेल, प्रमुख आर्विटर उतम ढुंगेल, कार्यक्रम संयोजक मिसन बास्कोटा, साउथ वेस्टर्न स्टेट कलेजका प्रोग्राम कोर्डिनेटर राजेन्द्र प्रसाद लामिछाने, स्पोर्टस डिपार्टमेन्ट प्रमुख सुदर्शन जमकटेल लगायतले मेडल, सर्टिफिकेट तथा ट्रफी प्रदान गरे ।

समापन समारोहलाई सम्बोधन गर्दै नेकोसका नेता कटवालले नेपाली खेलक्षेत्रको उठानका लागि नेपाल खेलकुद महासंघ सदैव तत्पर रहेको बताउँदै खेलक्षेत्रको विकासका लागि स्थानीय निकाय तथा शैक्षिक केन्द्रसँगको सहकार्यको जरुरी रहेको जानकारी गराए । त्यसैगरी साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा। राजेन्द्र केसीले खेलकुदलाई शिक्षासँग जोडेर लानका लागि अग्रसरता लिने कुरा बताए ।

प्रकाशित मिति : २०७९, २३ जेष्ठ सोमबार  ४ : ०० बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण