२०८३, ७ कार्तिक शनिबार

क्रिकेट टोलीको कोरोना परीक्षण गरिंदै

क्रिकेट टोलीको कोरोना परीक्षण गरिंदै


काठमाडौं, ९ मंसिर : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणका लागि आज मंगलबार कोरोना परीक्षण गरिने भएको छ ।

बन्द प्रशिक्षणका लागि ना छनोट गरिएका २२ जना खेलाडीको कोरोना परीक्षण गर्न लागिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

क्यानले राष्ट्रिय पुरुष क्रिकेट खेलाडीको बन्द प्रशिक्षण मंसिर १० गतेदेखि काठमाडौंमा सुरु गर्ने तयारी गरेको छ । आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई दृष्टिगत गर्दै क्रिकेट टोलीको प्रशिक्षण सुरु गर्न लागिएको हो ।

खेलाडीहरुको पीसीआर परीक्षण कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान १० बजेबाट हुने छ । कोरोना परिक्षणपछि रिपोर्ट नेगेटिभ आउने खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा समावेश गरिने छ ।

प्रकाशित मिति : २०७७, ९ मंसिर मंगलबार  १० : ०२ बजे

शैं टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने

आजको मौसम : चार प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०