२०८२, ३१ असार मंगलबार

तेमालमा ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता, प्रथम पुरस्कार २ लाख

तेमालमा ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता, प्रथम पुरस्कार २ लाख


तेमाल ६ माघ  :   तेमाल गाउँपालिकामा गत वर्ष जस्तै यो वर्ष पनि काभ्रे तेमाल गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम अनुसार प्रतियोगिता संञ्चालन गर्न लागीएको गाँउपालिकाका अध्यक्ष सलाम सिं तामाङले बताउनु भयो ।

अध्यक्ष तामाङका अनुसार गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप फुटवल प्रतियोगिता हुन लागेको हो । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आगामी माघको २५, २६ र २७ गते तेमाल गााउपालिका वडा नम्बर ७ चापाखोरीमा प्रतियोगिता संञ्चालन हुनेछ । प्रतियोगितामा पालिकाको प्रत्येक वडाको समुह बिच प्रतिस्पर्धा हुने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने समुहका लागि २ लाख, दोस्रो समुहका लागि १ लाख ५० हजार र तेस्रो समुहका लागी १ लाख रुपैया नगद पुरस्कारको ब्यबस्था गरिएको छ । यस्तै सान्त्वना पुरस्कार ५० हजार, बेस्ट किपर, प्रतियोगितामा धेरै गोल गर्ने खेलाडी र उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैया नगद पुरस्कारको ब्यबस्था गरिएको बताईएको छ ।

प्रकाशित मिति : २०७७, ६ माघ मंगलबार  ९ : ०४ बजे

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे