काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्न थालेपछि नेपालमा वर्षाको गतिविधि बढ्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ। यस्तै राति कोशी र लुम्बिनी प्रदेशका…