२०८३, १७ कार्तिक मंगलबार

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते


काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको तामाङले नेपाल न्युज बैंकलाई जानकारी दिए । दुर्घटनामा घाइते भएका शैलेश कृष्ण पटेललाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी लितिपुरको मेडिसिटी अस्पताल पु¥याइएको उनले बताए । पटेलसँग भारतीय राहदानी रहेको र उनी न्युजिल्यान्डका नागरिक भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न हेलिकप्टरका पाइलटहरू भने सकुशल रहेको प्रहरी निरीक्षक तामाङले बताए ।

दुर्घटनाका बेला दुवै हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८३, १७ कार्तिक मंगलबार  ४ : ०७ बजे

परराष्ट्रमन्त्री खनाल र ईयूका नवनियुक्त राजदूत ह्वाइटलीबीच शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि युरोपेली संघ

चाबहिलसहित काठमाडौंका विभिन्न क्षेत्रमा तीन घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौं । चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने

छठअघि सिर्सिया नदी सफाइ अभियान तीव्र, प्रदूषण गर्ने उद्योगमाथि कडाइ

वीरगञ्ज । छठ पर्वलाई लक्षित गरी वीरगन्जस्थित सिर्सिया नदीको सरसफाइ

एनपीएलमा क्रिकेटसँगै आकर्षण बन्दै आठ टोलीका मस्कट, कसको प्रतीक के ?

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यतिबेला क्रिकेटको

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा