काठमाडौं । उदयपुरगढी गाउँपालिका ६ नेपालटार बजारमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न जाँदै गर्दा सोही वडाको दनुवारबेसीमा थापिएको विद्युतीय धराप (एम्बुस) विस्फोटनमा परी प्रतिनिधिसभा उदयपुर २ का नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की सहित ४ जना गम्भीर र दुई सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरद्वारा त्रिवी शिक्षण अस्पताल काठमाडौं ल्यार्इ उपचार थालिएको छ…