२०८२, १८ असार बुधबार

काभ्रेकाे भूग्देउमा नमूना घर हस्तान्तरण

काभ्रेकाे भूग्देउमा नमूना घर हस्तान्तरण


काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ६ भूग्देउ महाँकालमा नमूना घर हस्तान्तरण गरिएको छ । ग्रामीण समाज कल्याण संघ (आर्सो) नेपालको साझेदारीमा मर्सिकोर नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त घर शनिबार हस्तान्तरण गरिएको हो । भूकम्प पुर्नलाभ कार्यक्रम अन्तर्गत निर्माण गरिएको घर वडाध्यक्ष विष्णु तामाङको प्रमूख आतिथ्यमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष तामाङले सरकारले भन्दा पहिले नै डकर्मी र सिकर्मीलाई तालिम दिएर यस संस्थाले घर बनाएको भन्दै यो भवन दीर्घकालिनसम्म सञ्चालन गर्ने वातावरण आफुले बनाउने बताए । “हामीलाई यो संस्थाले निकै ठूलो गुण लगाएको छ, उनले भने “अब यो वडाको सम्पत्ति भएको छ, यसलाई संरक्षण गर्ने पनि हाम्रै दायित्व हो ।” उक्त भवनमा भूग्देउ बचत तथा ऋण सहकारी संस्थाले आफ्नो दैनिक कार्य सञ्चालन गर्ने छ ।

नमूना घरले भूकम्पप्रतिरोधात्मक घर बनाउन भूकम्पप्रभावितलाई सजिलो हुने स्थानीयहरुले बताएका छन् । “गाउँको विकास निर्माण मेरो त तेसो नभनी गर्नुपर्छ, भूग्देउ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चित्रमान तामाङले भने “गाउँको विकास गर्छु भनेर आउने गैरसरकारी संस्थाहरुलाई हामीले सहयोग पनि गर्नुपर्छ ।” कार्यक्रममा बोल्दै भूकम्प पुर्नलाभ कार्यक्रमका संयोजक माधब मैनालीले स्थानीयको सहयोगले आफु निकै हर्षित भएको भन्दै अर्को चरणको कार्यक्रम आए महांकालबाटै सुरु गर्ने बताए । “हामी ज्यादै आभारि छौँ, उनले भने “हामीले प्रदान गरेका सिपलाई ब्यवहारमा लागु गर्नुभयो भने आयआर्जन गर्न निकै सजिलो हुनेछ ।” उक्त परियोजनाले कृषि र खानेपानीको क्षेत्रमा पनि काम गरेको छ ।

प्रकाशित मिति : २०७४, १७ चैत्र शनिबार  ८ : ३८ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर