२०८२, ६ माघ मंगलबार

काग्रेँसबाट निर्वाचित वडा अध्यक्षले नै पुल निर्माणको ९० बोरा सिमेन्ट चोरेपछी…….

काग्रेँसबाट निर्वाचित वडा अध्यक्षले नै पुल निर्माणको ९० बोरा सिमेन्ट चोरेपछी…….


नवलपरासीको कावासोतीमा निर्माण भइरहेकाे पुलबाट जनप्रतिनिधिले नै सिमेन्ट चोरी गरेकाे पाइएकाे छ ।  कावासोती  नगरपालिका वडा नम्बर १ र देवचुली नगरपालिका वडा नम्बर ९ जोडने गरी निर्माणाधिन लोकाहाको भोटीखोला पुलको  सिमेन्ट वडा अध्यक्षकै संलग्नतामा चोरी भएको हो  ।

पुल निर्माणका लागि राखिएको ९० बोरा सिमेन्ट कावासोती नगरपालिका वडा नम्बर  १ का वडा अध्यक्ष नारायण पन्तको संलग्नतामा  पुल निर्माणमा खटिएका सुपरभाइजर गोपाल थापासहितका व्यक्तिले चोरी गरे पछि स्थानीय आक्रोशित बनेका छन् । पुल निर्माणकै क्रममा सिमेन्ट चोरी भएपछि पुल निर्माणको कार्य समेत राेकिएकाे  छ । पुल निर्माणका लागि बसेका सुपरभाइजर र वडा अध्यक्षको मिलेमतोमा चैत्र ११ गते राति सिमेन्ट चाेरी भएको हो ।

राति १२ बजेको समयमा  वडा अध्यक्ष नारायण पन्तले स्टोरको चाबी खोल्न लगाएर ट्याक्टरमा लोड गरी सिमेन्ट लगेका थिए । भोटी खोला निर्माण व्यवस्थापन समितिका अध्यक्ष घनलाल भुषालका अनुसार अध्यक्ष पन्तले मदिरा सेवन गरी  राति पुल निर्माणस्थलमा  पुगेको र सिमेन्ट निकालेको स्वीकार गरेका छन् । वडा अध्यक्षले आफूले सबै थाहा नपाएको र सुपरभाइजरले आफूलाई फसाएको भन्ने गरेको भुषालले बताए । वडाध्यक्ष पन्त नेपाली काँग्रेसबाट  टिकट पाएर विजयी भएका हुन् ।

वडा अध्यक्ष पन्त यसअघि वन मुद्धामा  जेलसमेत  परेका थिए । वन मुद्धामा फरार भएका पन्त चुनाव घोषणा भएपछि सजाय भुक्तान गरी वडा अध्यक्षको उम्मेदवार बनेका थिए । त्यो पुल जेभिसी बिल्डर्स कम्पनीले निर्माणका लागि ठेक्का लिएको छ । कम्पनीले झण्डै ४ करोड २५ लाखको लागतमा २५ मिटर लम्बाइको पुल निर्माण गर्न लागेको हो ।

प्रकाशित मिति : २०७४, १८ चैत्र आईतबार  ६ : ४७ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित