२०८२, १६ असार सोमबार

गणेश लामाले नै गाेली चलाएकाे पुष्टि

गणेश लामाले नै गाेली चलाएकाे पुष्टि


काठमाण्डाैकाे गाैशालाबाट पेस्तोलसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामाको पेस्तोल र घटनास्थलबाट बरामद भएको गोलीको खोका मिलेको छ । काठमाण्डाै प्रहरी परिसररका प्रमूख एसएसपी  विश्वराज पाेखरेलका अनुसार पेस्तोलको फरेन्सिक रिपोर्टले लामाको साथबाट बरामद भएको चाइनिज पेस्तोल र गोलीको खोका मिलेको हाे ।

यसअघि नै खोका, लामाबाट बरामद भएको बुलेटको साइज र नम्बर पनि एउटै भएको अनुसन्धान अधिकारीले बताएका थिए । अाइतबार विधि विज्ञान प्रयोगशालाबाट रिपोर्ट अाएपछि सो कुरा पुष्टि भएको पाेखरेलले बताए ।  गत ३० फागुनमा गौशालास्थित होटल पशुपति भिजनमा गोली चले लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले लामालाई पेस्तोलसहित पक्राउ गरेको थियो ।

लामाले भने त्यो हतियार आफ्नो नभएको दाबी गर्दै आएका छन् । लामाले प्रारम्भिक बयानदेखि नै आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गर्दै आएका छन् । लामा यसअघि काभ्रेको क्षेत्र नंं १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका लागि उम्मेदवार बनका थिए । यद्यपि, उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए । उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।

प्रकाशित मिति : २०७४, १८ चैत्र आईतबार  ५ : ५० बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको