ललितपुर, १ भदौ : पाटन कृष्ण मन्दिरको पुनःनिर्माण सकिएको छ । पुनःनिर्माण सकिएकाले कृष्णाष्टमीमा सर्वसाधारणका लागि खुला गरिने पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । विसं २०७२ को भूकम्पका कारण पाटन दरबार क्षेत्रमा रहेका अरु सम्पदासँगै सो मन्दिर क्षतिग्रस्त बनेको थियो । उहाँ भन्नुहुन्छ, “कृष्ण अष्टमीका दिनमा लाखौँ भक्तजन दर्शनका लागि आइपुग्ने भए…