२०८३, २२ आश्विन शुक्रबार

हेटौँडामा मापदण्डअनुसार सञ्चालन नभएका २७ उद्योगमाथि कारवाही

हेटौँडामा मापदण्डअनुसार सञ्चालन नभएका २७ उद्योगमाथि कारवाही


हेटौँडा, १३ कात्तिक: हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयले तोकिएको मापदण्डअनुसार सञ्चालन नभएका २७ उद्योगमाथि आजदेखि कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

कार्यालयका अनुसार पाँच उद्योगलाई जरिवानासहितको कारवाही गरिएको छ । लामो समयदेखि जग्गा लिएर उद्योग सञ्चालन नगरेका २२ उद्योगको सम्झौता रद्द गर्नेसम्मको कारवाहीको प्रक्रिया अघि बढाइएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख नेपालभूषण वैद्यले जानकारी दिनुभयो । कार्यालयले उद्देश्य विपरीत उद्योग सञ्चालन गर्ने, दर्ता समयमा नगर्ने र तोकिएको मापदण्डभन्दा विपरीत उद्योग सञ्चालन गर्ने भविष्य मैदा मिल, सुजल डेरी इण्डस्ट्रिज, सुजल फुड प्रालि, बानियाँ मल्टी प्रोडक्ट इण्डस्ट्रिज प्रालि र त्रिशक्ति पोली प्याक्स उद्योगलाई रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना गरेको छ ।

कार्यालयले कारवाहीमा परेका अन्य २२ उद्योगलाई ३५ दिनदेखि तीन महीनाभित्र सम्झौता अनुसार उद्योग सञ्चालन गर्न निर्देशन दिएको छ । लामो समयदेखि औद्योगिक क्षेत्रको जग्गा ओगटेर उद्योगका लागि पूर्वाधारसमेत नबनाएका उद्योगलाई ६ महीनाभित्र पूर्वाधार तयार गर्नसमेत कार्यालयले निर्देशन दिएको छ । औद्योगिक क्षेत्रका भवन जीर्ण भइसकेका छन् ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ३० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य