काठमाडौँ, ३० असोज : आश्विन शुक्ल प्रतिपदाका दिन शनिवारबाट घरघरमा घटस्थापना गरेर बडादशैँ मनाइँदैछ । चैत, माघ, आषाढ र आश्विन शुक्लमा पर्ने चार नवरात्रमध्ये यो शरद्कालीन नवरात्रमा गरिएको देवी पूजा सबै नवरात्रभन्दा राम्रो मानिन्छ । घटस्थापनादेखि नौ दिनसम्म नौ देवीको आराधना गर्दा आफूमा शक्ति प्राप्त हुन्छ । भगवान् रामचन्द्र र पाण्डव लगायतले पनि आफ्नो विजयका…