२०८३, २ श्रावण आईतबार

नेपालमा कुद्न थाल्यो रेल

नेपालमा कुद्न थाल्यो रेल


पथरी, मोरङ, १८ कात्तिक: भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म आज रेल आइपुगेको हो । निर्माण सम्पन्न भएको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्र्याकमा फलाम लिक बिछ्याउँदै ३ दशमलब ३ किलोमिटरसम्म विस्तार र परीक्षण गर्ने क्रममा रेल बुधनगर ल्याइएको हो ।

हालसम्म रेल्वेको परीक्षण भइसकेको जोगवनी–विराटनगर निर्माण कम्पनी इरकोनका राजाराम भगतले जानकारी दिनुभयो । परीक्षणका क्रममा आज रेलको इञ्जिनको डिब्बा ल्याइएको हो । आगामी मङ्सिर २६ गतेदेखि नियमितरुपमा सञ्चालन गरिने उहाँले बताउनुभयो । सो मार्गका चल्ने रेल भने यात्रुवाहक होइन । कच्चा पदार्थ ढुवानी गर्न सहजताका लागि व्यापारी व्यवसायीले प्रयोग गर्नेछन् । बथनाहा–कटहरी १८ किमी दूरीको रेलमार्गमध्ये बथनाहा–बुधनगरको आठ किमी रेलमार्ग निर्माण भएपछि रेलको परीक्षण गरिएको हो ।

रेल्वे निर्माण कम्पनी इन्कोरका असिस्टेन्ट मेनेजर रणवीर कुमारका अनुसार आगामी पुससम्ममा रेल्वे निर्माणको काम सम्पन्न गर्नुपर्ने सीमा भएपनि नेपालतर्फ भएको जग्गा मुआब्जा विवादका कारण १८ किलोमिटरमै काम नसकिने देखिएको छ । भारतको बथनाहाबाट बुधनगर आइपुगेको रेलको इञ्जिन बोक्ने डब्बामा भरतकारेल विभाग र निर्माण कम्पनी इरकोनका प्रतिनिधि सवार थिए । रेलबाट उत्रिएका इरकोन कम्पनीको सञ्चालक अश्विनी कुमारले सञ्चारकर्मीसँग कुरा गर्दै मङ्सिर २६ गतेदेखि निर्वाधरुपमा सञ्चालन हुने बताउनुभयो । बुधनगरमा रेल आइपुगेपछि स्थानीय निकै हर्षित भएका छन् ।

रेल आउनु दुई घण्टा अगावैदेखि स्थानीय कुरेर बसेका थिए । विराटनगर–१८ का वडाध्यक्ष सञ्जय साहले बुधनगरमा रेल आएपछि सबैलाई फाइदा पुग्ने बताउनुहुन्छ । नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न पाँच स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमीनको मुआब्जा नेपाल सरकारले व्यहोर्ने समझदारी भएको थियो । समझदारीअनुसार सन् २०१७ सम्ममा नेपाली भूमिमा रेल ल्याई पु¥याउनुपर्ने भएपनि विराटनगर–जोगवनी रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवादले असर गरेको छ ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ६ : ५१ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित