२०८३, १७ आश्विन आईतबार

काभ्रेको कोशीपारीमा ट्रक दुर्घटना : साँघुरो सडक र तीब्र गति

काभ्रेको कोशीपारीमा ट्रक दुर्घटना : साँघुरो सडक र तीब्र गति


धुलिखेल १८ कार्तिक : काभ्रेको कोशीपारीे चौरीदेउराली गाउँपालिका वडा नम्बर ८ को मानपुरेडाँडामा ट्रक पल्टियो । दुर्घटनामा परि भुम्लु गाउँपालिका वडा नं ६ का अन्दाजी १८ वर्षिय सुमन पहरी र ३१ वर्षिय सरोज पहरीले ज्यान गुमाए ।

पाँच जना घाइते भए । जस मध्ये चालक सरोज पहरी, श्रीकृष्ण पहरी र निरबहादुर शिवभक्ती अहिले पनि अस्पतालको बेडमा छटपटाई रहेका छन् । बाँकी दुई घाइते विशाल शिवभक्ति र विर बहादुर पहरी (बसन्त) उपचारपछि घर फर्किएका छन् ।

हात र खुट्टा भचिएका चालकको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । टाउमा गम्भिर चोट लागेका श्रीकृष्णको नर्भिक अस्पतालमा शल्यक्रिया भइरहेको स्थानीय क्रान्ति लामाले बताए । त्यस्तै टाउकोमा चोट लागेका अर्का घाइते शिवभक्तिको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

बिर्तादेउरालीमा रहेको ब्लक उद्योगमा बालुवा पुर्याएर दोलालघाट फर्किदैँ गर्दा ट्रक दुर्घटनामा परेको थियो । राति साढे ७ बजेतिर दुर्घटनामा परेको ट्रकका घाइतेले नै खबर गरेपछि स्थानीय उद्दार गर्न पुगेका थिए ।

‘घटना भएको झण्डै १५/ २० मिनेट पछि मात्रै हामीलाई घाइते विशालले खबर गरे । अनि हामी सबै गाउँले मिलेर उद्दारमा जुट्यौँँ । स्थानीय लालकाजी पहरीले भने । दुईजनाको घटनास्थलमै मृत्यु भइसकेको थियो ।’ घटना भएको झण्डै १ घण्टापछि प्रहरी पुग्दा स्थानीयले सबैको उद्दार गरिसकेका थिए ।

२०७३ साल साउन महिनमा २८ जनाको ज्यान जानेगरी भएको बस दुर्घटना स्थल भन्दा करिब ६० मिटर दुरी आसपारबाट ट्रक खसेको थियो । प्रहरीका अनुसार सडकबाट करिब ७० , ८० मिटर तल ट्रक खसेको छ ।

साँघुरो बाटो । तीब्र गति । गाडीको चक्का मात्रै अट्ने सडक छ, लालकाजीले भने चालकले अलि कति गति बढाउने बित्तिकै यात्रुको मनले ठाउँ छोड्छ । साना ठूला सवारी दुर्घटनामा परी कोशीपारीमा दर्जनौँले ज्यान गुमाइसकेका छन् । तर सडकको गुणस्तर सुधारमा भने सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीयहरु बताउँछन् ।

सामान पुर्याएर फर्किएको ट्रकमा मजदुर सवार थिए । कमाउने मानिसको दुर्घटनामा मृत्यू भएपछि अहिले परिवारको विचल्नी भएको छ ।

दुर्घटामा परेको ना १ क ९५२४ नम्बरको ट्रक बन्दना भगवती प्रा.लिले मध्य पहाडी लोक मार्गमा निर्माण सामग्री ढुवानी गर्न प्रयोग गर्दै आएको थियो । कोशीपारीमा अहिले मध्यपहाडी लोक मार्ग अन्तर्गत सडक निर्माणको काम तिब्र गतिमा भइरहेको छ ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ८ : ०३ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार