काठमाडौं, १९ कार्तिक : वीर अस्पतालमा करोडौं अनियमितता भएको पाइएको छ। उपकरण तथा औषधि खरिदमा अस्पताल प्रशासनबाट अनियमितता हुने गरेको ठहर राष्ट्रिय सतर्कता केन्द्रले गरेको छ। केन्द्रको विस्तृत अध्ययन प्रतिवेदनमा अस्पताल प्रशासनका अधिकारीले बोलपत्रमा टिपेक्स लगाएर समेत अनियमितता गरेको उल्लेख छ। प्रतिवेदनअनुसार अस्पताल प्रशासनले २०७४ मा ‘इन्टरप्रेटिभ सिटी विथ हाई एन्ड नेभिएसन सिस्टम’ का लागि…