२०८२, १६ असार सोमबार

वीर अस्पतालमा करोडौं अनियमित, बोलपत्रमा टिपेक्स लगाउँदै सच्याउँदै

वीर अस्पतालमा करोडौं अनियमित, बोलपत्रमा टिपेक्स लगाउँदै सच्याउँदै


काठमाडौं, १९ कार्तिक : वीर अस्पतालमा करोडौं अनियमितता भएको पाइएको छ। उपकरण तथा औषधि खरिदमा अस्पताल प्रशासनबाट अनियमितता हुने गरेको ठहर राष्ट्रिय सतर्कता केन्द्रले गरेको छ। केन्द्रको विस्तृत अध्ययन प्रतिवेदनमा अस्पताल प्रशासनका अधिकारीले बोलपत्रमा टिपेक्स लगाएर समेत अनियमितता गरेको उल्लेख छ।

प्रतिवेदनअनुसार अस्पताल प्रशासनले २०७४ मा ‘इन्टरप्रेटिभ सिटी विथ हाई एन्ड नेभिएसन सिस्टम’ का लागि उपकरण उपलब्ध गराउन बोलपत्र आह्वान गरेको थियो, जसमा हिमालय मेडिइच र बायमन्ड इन्टरनेसनलले जर्मनीमा उत्पादित एरो मोडलकोे मेसिन उपलब्ध गराउनेगरी बोलपत्र पेस गरेका थिए ।

तर एउटा बोलपत्रमा पहिला उल्लेख भएको १८ करोडलाई केरमेट गरी २० करोड ४९ लाख कायम गरी कम्पनीको छाप लगाएकोे केन्द्रको प्रतिवेदनमा जनाइएको छ। यसैगरी हिमालय मेडिइचबाट पेस भएको बोलपत्रमा प्रतिथान १५ करोड ९५ लाख कायम गर्दै २ थानका लागि ३१ करोड ९० लाख प्रस्ताव गरी कबोल अंकमा टिपेक्स लगाई कम्पनीको छाप र हस्ताक्षर भएको प्रतिवेदनमा उल्लेख छ। याे खबर अाजकाे नागरिक दैनिकले छापेकाे छ ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ८ : १५ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको