२०८२, २५ असार बुधबार

रकमको अभाव भएपछि बैंकहरुले ठूला ऋणीलाई ‘सरी’ भन्दै फर्काउन थाले

रकमको अभाव भएपछि बैंकहरुले ठूला ऋणीलाई ‘सरी’ भन्दै फर्काउन थाले


काठमाडौं, १९ कार्तिक : लगानीयोग्य रकमको अभाव भएपछि बैंकहरुले ठूला ऋणीलाई ‘सरी’ भन्दै फर्काउन थालेका छन्। लगानी गर्ने पैसा (तरलता)को अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले १० लाखभन्दा बढी रुपैयाँ ऋण दिन सक्ने अवस्थामा छैनन्।

कतिपय बैंकहरु ठूलो ऋण दिन सक्ने अवस्थामा नरहेको नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष एवं हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए। ‘सानोतिनो ऋण दिन सक्ने अवस्थामा बैंकहरु रहे पनि ठूलो ऋण दिन सक्दैनन्,’ उनले नागरिकसँग आइतबार भने, ‘प्रायः सबै वाणिज्य बैंकको अवस्था यस्तै छ।’

बैंकहरुले एक सय रुपैयाँ निक्षेप संकलन गरे भने ८० रुपैयाँभन्दा बढी लगानी गर्न पाउँदैनन्। अहिले अधिकांश बैंकले संकलन गरेको रकमको ७९ प्रतिशत (एक सय रुपैयाँमा ७९ रुपैयाँ) लगानी गरिसकेका छन् । अब उनीहरु ठूलो लगानी गर्न सक्ने अवस्थामा नभएको राणाको भनाइ छ। अहिले धेरैजसो बैंकहरुको कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) करिब ७९ प्रतिशत पुगेको बैंकर बताउँछन्। पछिल्लो समय बैंकहरुले आक्रामक रुपमा लगानी गरेका कारण लगानीयोग्य रकम अभाव भएको समाचार नागरिक दैनिकमा छ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ७ : ५१ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज