बेत्रावती, १ मङ्सिर: नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीमा रेविज रोगको प्रकोप फैलिएको छ । गाउँका छाडा कुकुरमा देखा परेको रोगबाट अहिले बालकुमारीको माँझगाउँबस्ती पूरै प्रभावित भएको र अन्य स्थानमा पनि फैलन सक्ने भएकाले नियन्त्रणको प्रयास जारी रहेको गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार केही दिनअघि रेविज लागेको कुुकुरले स्थानीय वसुदेव थापाको पशुचौपायलाई खुवाउने…