गोरखा, २५ कात्तिक गोरखामा शनिबार साँझ भएको बस दुर्घटनामा परी १७ जना घाइते भएका छन् । तनहुँको आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ना ३ ख ७५४४ नम्बरको यात्रु बस गोरखा नगरपालिका ११ स्थित सोह्र किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो । बस सडकबाट अन्दाजी २८ फिट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ…