२०८३, २२ भाद्र मंगलबार

यो वर्ष लक्ष्मीपूजामा किन घट्यो विद्युतको माग ?

यो वर्ष लक्ष्मीपूजामा किन घट्यो विद्युतको माग ?


काठमाडौँ। यस वर्षको लक्ष्मीपूजाको दिन देशभर घरायसी ग्राहकले कूल एक हजार १०५ मेगावाट विद्युत् प्रयोग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन कुनै पनि घर अँध्यारो बस्न नपरोस् भन्ने मान्यताका साथ सम्पूर्ण व्यवस्था मिलाएको र अधिकतम माग सोही परिमाणमा भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यही कात्तिक २१ गते बुधबार लक्ष्मीपूजाको दिन साँझ ६ बजे गरिएको मापनमा घरायसी ग्राहकले गत वर्षभन्दा कम विद्युत् प्रयोग गरेको जानकारी दिए।

गत वर्षको लक्ष्मीपूजाको दिनमा एक हजार १६५ मेगावाट विद्युत् घरायसी ग्राहकले प्रयोग गरेका थिए । यस वर्ष गत वर्षभन्दा ६० मेगावाट विद्युत् कम प्रयोग भएको हो । नियमित विद्युत् आपूर्ति, प्रणालीमा सुधार तथा अन्य व्यवस्थापकीय रुपमा गरिएको सुधारका कारण माग उल्लेख्य रुपमा खपत नबढेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले यस वर्ष कूल एक हजार २७० मेगावाटसम्म विद्युत् माग हुन सक्ने प्रक्षेपण गरेको थियो । प्राधिकरणले एक हजार ५०० मेगावाटसम्म विद्युत् माग भए पनि आपूर्ति गर्न सकिने गरी व्यवस्थापन गरेको थियो । तर त्यसमा औद्योगिक ग्राहकको हिसाब भने जोडिएको छैन । तिहारको समयमा उद्योग तथा प्रतिष्ठान नचलेका कारण पनि ती निकायको गणना गरिएको छैन । प्राधिकरणका देशभर ३५ लाखको हाराहारीमा घरेलु ग्राहक रहेका छन् ।

प्राधिकरणले विद्युत् प्रणाली पुगेका कुनै पनि घर तथा बस्ती अँध्यारो नहोस् भन्ने ध्येयका साथ प्रत्येक वितरण केन्द्र र ग्रिड विभागमा २४सै घण्टा खटिने गरी कर्मचारी परिचालन गरेको थियो । प्रत्येक वितरण केन्द्र मातहत २५ जनाका दरले विशेष टोली बनाएर परिचालन गरेको हो । विसं २०७३ को लक्ष्मी पूजाको दिनदेखि काठमाडौँमा विद्युत् भार कटौतीको अन्त्य गरेको प्राधिकरणले हरेक वर्ष सफलता हासिल गर्दै गएको छ । कार्यकारी निर्देशक घिसिङका अनुसार प्राधिकरणको ४३९ मेगावाट, निजी क्षेत्रको ३४१ मेगावाट उत्पादन र भारतबाट ३२५ मेगावाट विद्युत् आयात गरिएको र त्यसको सकुशल व्यवस्थापन भएको छ । उपभोक्ताले सचेत रुपमा नै कम विद्युत् खपत गर्ने उपकरणको प्रयोग तथा विद्युत् प्रयोगमा मितव्ययिता अपनाएका कारण पनि माग कम भएको हो । प्रत्येक वर्ष १० प्रतिशतका दरले घरेलु ग्राहकको सङ्ख्या बढे पनि विद्युत् चोरी नियन्त्रणमा गरेको सार्थक प्रयासले पनि सफलता हात लागेको हो । यस्तै उपभोक्ताको चेतनास्तरमा भएको वृद्धिले पनि आफूहरुलाई विद्युत् व्यवस्थापन गर्न सहज भएको प्राधिकरणको भनाइ छ ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ५ : ४७ बजे

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल

काठमाडौं । सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र

जेनजी आन्दोलनका क्रममा भएका घट्नाको निष्पक्ष छानविन नहुनु दुर्भाग्यपूर्ण ः डा.डिला संग्रौला

काठमाडौं । भ्रष्टाचार, बेथिति, सुशासन र राजनीतिक जवाफदेहिताको माग गर्दै