२०८३, २७ भाद्र आईतबार

रसुवा बाढीको कहर : मृत्यु १,३४४, ४,८९८ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कल्पनाभन्दा बाहिरको मानवीय क्षति निम्त्याएको छ। पछिल्लो प्रहरी विवरणअनुसार बाढीमा परी १ हजार ३४४ जनाको मृत्यु भएको छ भने ४ हजार ८९८ जना अझै सम्पर्कविहीन छन्। नेपाल प्रहरीले शनिबार बिहान ५ बजेसम्मको खोज तथा उद्धार विवरण सार्वजनिक गर्दै उक्त तथ्यांक दिएको हो। फेला परेका शवमध्ये ५२ बालक, ३३ बालिका, २६९…