काठमाडौं । देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले आज अधिकांश भूभागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार बाँके, दाङसहित तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु तथा तुवाँलो लागेको छ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ। बाँकी क्षेत्रमा भने मौसम सफा रहने पूर्वानुमान छ।
त्यसैगरी, आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
बिहानपख काठमाडौं उपत्यका, खोँच तथा तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले यातायात तथा हवाई आवागमनमा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।







प्रतिक्रिया