सिन्धुली । नेवाः देय दबू कमलामाई नगर समिति, सिन्धुलीको दोस्रो नगर अधिवेशनले मिनबहादुर श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नगर समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शर्मिला श्रेष्ठ, उपाध्यक्षद्वयमा तारादेवी श्रेष्ठ र शम्भुबहादुर श्रेष्ठ, सचिवद्वयमा रमेश कुमार श्रेष्ठ र नानिमैया श्रेष्ठ तथा कोषाध्यक्षमा ज्योति श्रेष्ठ निर्वाचित भएका छन् । अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा…