२०८३, २१ भाद्र सोमबार

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने


काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज सोमबार राष्ट्रिय शोक मनाउँदैछ। राष्ट्रिय शोकका अवसरमा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। घटनाको १३औँ दिनमा सरकारले मृतकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउन राष्ट्रिय शोक घोषणा गरेको हो।

पछिल्लो विवरणअनुसार बाढीमा परी १ हजार ३४२ जनाको मृत्यु भएको छ भने ३ हजार ९९२ जना अझै सम्पर्कविहीन छन्। प्रहरी विवरणअनुसार फेला परेका शवमध्ये केहीको पहिचान हुन बाँकी रहेको छ र बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ।

बाढीबाट मानवीय क्षतिसँगै ठूलो भौतिक क्षतिसमेत भएको छ। रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् भने ती आयोजनामा मात्रै प्रारम्भिक अनुमानअनुसार करिब ६४ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

त्यस्तै, बाढीले जलविद्युत् क्षेत्रमा समेत ठूलो असर पुर्‍याएको छ। प्रारम्भिक क्षति तथा आवश्यकता आकलनअनुसार १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ, जसको कुल क्षमता ७८३ मेगावाट बराबर रहेको जनाइएको छ।

बाढीपछि हजारौँ नागरिकको उद्धार गरिएको छ भने विस्थापितलाई सुरक्षित स्थानमा राख्ने, घाइतेको उपचार गर्ने र बेपत्ताको खोजी गर्ने कार्य जारी छ। भौतिक संरचना, सडक, खानेपानी तथा जलविद्युत् आयोजनामा पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने कामसमेत भइरहेको छ।

सरकारले राष्ट्रिय शोकको यस दिनलाई बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने अवसरसँगै बेपत्ताको खोजीलाई तीव्रता दिने, प्रभावितलाई राहत तथा पुनःस्थापनामा जोड दिने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण अघि बढाउने प्रतिबद्धताका रूपमा लिएको छ।

प्रकाशित मिति : २०८३, २१ भाद्र सोमबार  ८ : २० बजे

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको

छ प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज अधिकांश भू–भागमा

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको