२०८३, १८ आश्विन सोमबार

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग


काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

‘टेक्नो स्ट्यान्ड्स विथ नेपाल’ अभियानअन्तर्गत प्रदान गरिएको उक्त सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)प्रतिको प्रतिबद्धताको महत्वपूर्ण पहल भएको टेक्नो मोबाइल नेपालले जनाएको छ। विपद्को कठिन परिस्थितिमा सरकार तथा सम्बन्धित निकायमार्फत सञ्चालन भइरहेका राहत, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा योगदान पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको कम्पनीको भनाइ छ। यसै क्रममा टेक्नो मोबाइल नेपालका महाप्रबन्धक शंकर मैनालीसहितको टोलीले बुधबार अर्थमन्त्री सोर्निमा वाङ्दीसमक्ष १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। विपद्को समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै टेक्नो मोबाइल नेपालले नेपाली समाजप्रतिको आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कम्पनीले भनेको छ, “प्राकृतिक विपद्को यस कठिन समयमा प्रभावित नागरिक तथा समुदायसँग एकताबद्ध भएर उभिनु हाम्रो सामाजिक दायित्व हो। टेक्नोको यो योगदान केवल आर्थिक सहयोग मात्र नभई नेपाली जनताप्रतिको हाम्रो ऐक्यबद्धता, संवेदनशीलता र जिम्मेवारीको प्रतिबिम्ब हो।” टेक्नो मोबाइल नेपालले आफ्नो सहयोगबाट बाढीपहिरो प्रभावित नागरिकका लागि तत्काल राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा आवश्यक सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, आगामी दिनमा आवश्यकता र परिस्थितिअनुसार समुदाय तथा राष्ट्रका लागि सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २०८३, २४ भाद्र बिहीबार  २ : २९ बजे

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम