२०८३, २६ भाद्र शनिबार

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू


सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग र जिल्ला प्रसाशन कार्यालय सिन्धुलीले संयुक्त रूपमा छापामारी गरेको छ ।
उक्त उद्योगमा चिनियाँ कामदाहरु अबैद्य रुपमा बसिरहेको सूचनामा आधारमा उद्योमा पुगेको अध्यागमन र प्रशासनको टोलीले उद्योग प्रशासनसँग कामदार मजदुरहरुको बिबरण र काम गर्ने अनुमपति पत्र माग गरेपछि सो उद्योगमा गैर कानूनी रुपमा कामदाहरु राखिएको तथ्य खुलेको छ ।
समाचार स्रोतले दिएको जानकारी अनुसार निर्माणाधिन उद्योगमा पाँच सय बढी चिनियाँ कामदारहरू रहेको र ति मध्ये सबैभन्दा बढी पर्यटक भिसामा काम गर्दै आएको तथ्य खुलेको हो । पर्यटन भिषामा आएर नेपालमा काम गर्न पाउने व्यवस्था छैन ।
यता पर्यटन भिषामा आएका केही चिनियाँहरुको पासपोर्ट र नामहरु अध्यागमन टोलीले जफत गरेको छ । छापामारीका क्रममा चिनियाँ कम्पनीका एजेन्टले आफ्‌ना कामदारको पासपोर्ट काठमाडौं स्थित कम्पनीको कार्यालयमा रहेको बताएपछि ति चिनियाँ नागरिकहरुको नाम टिपेर टोली फर्किएको थाहा लागेको छ ।
मरिण स्थित उद्योग प्रशासन र जग्गा प्राप्ती प्रक्रियामा सक्रिय रहेका डा. नविन खनाल, श्याम खतिवडा र गंगा प्रसाद गौतमले उद्योगलाई जग्गा दिलाउने नाममा करोडौं रुपैयाँ कमिशन खाएर उद्योगलाई संकटमा पार्ने काम गरेको आरोप स्थानीय स्तरमा लागिरहेका बेला भएको छापामारीले उद्योगलाई धारासायी बनाउन अनेकौं षडयन्त्र भइरहेको तथ्य खुलेको हो ।
स्थानीय युवाहरुलाई काममा लगाउनु साटो बिना परमिट वा पर्यटक भिषामा चिनिया कामदार ल्याएर काम लगाउन उद्योग प्रशासनले निर्माण कम्पनीलाई किन अनुमति दियो ? भन्ने गंभीर प्रश्न पनि उठेको छ ।
छापामारीकै क्रममा उद्योग प्रसाशन भित्र बिक्री वितरणका लागि राखिएको ठूलो परिमाणमा मदिरा समेत नष्ट गरेको विवरण प्राप्त भएको छ । सिन्धुली प्रहरीले त्यहाँबाट बरामद गरेको मदिरा नष्ट गर्नका लागि मुचुल्का गरेर ल्याएको थाहा लागेको छ ।
गैर कानुनी रूपमा बसिरहेका विदेशी नागरिकका विषयमा अध्यागमन विभागले थप कारबाही अगाडि बढाउने थाहा लागेको छ । अध्यागमन र प्रशासनको छापामारी र कागजपत्र जफत पछि उद्योग लाई दुहुनो भैंसी बनाउँदै आएका व्यवस्थापकहरूमा खैलाबैला मच्चाएको छ ।

यता उद्योगमा छापामारी गरेको बिबरण वाहिर आएपछि काठमाडौं स्थित चिनियाँ दुतावासले चासो देखाएको छ । समाचार स्रोतका अनुसार छापामारीका विषयमा बुझ्‌न भोली चिनियाँ टोली सिन्धुली आउँदैछ ।
यस अगाडि पनि उक्त उद्योगमा चिनियाँ र नेपाली कामदार बीच हानाहान भएको थियो । नेपाली कामदार पटक पटक चिनियाँ कामदारबाट हेपिएको र भर्ना प्रक्रियामा राजनैतिक हस्तक्षेप बढेपछि त्यसको प्रतिवाद गर्ने क्रममा झडप भएको थियो ।
यता उक्त उद्योग सञ्चालनमा नआउँदै सिमित राजनैतिक दलको आर्थिक उपार्जन गर्ने थलो बन्न थालेका चर्चा चलेका बेला निर्वाचनमा रास्वपा उमेदवारले माटो रकम चन्दा बापत हात पारेका थिए । प्रतिनिधीसभा सदस्य निर्वाचन भएका उनले पटक पटक मरिणको मासु प्रशोधन उद्योग आफ्‌नो पहलमा ल्याएको बताउँदै सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।

प्रकाशित मिति : २०८३, २६ भाद्र शनिबार  ८ : ३४ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।