काठमाडौं । भदौ २४ गते काठमाडौंमा भएको आगजनी, प्रहरी हत्या, लुटपाट र सार्वजनिक सम्पत्तिमा क्षतिको घटनासम्बन्धी किटानी जाहेरी परेको छ । काठमाडौंका मेयर बालेन साह, हामी नेपालका संस्थापक सुधन गुरुङ, कलाकार, कन्टेन्ट क्रियटर र युट्युबरहरू समावेश छन् । जाहेरीअनुसार, राज्यविरुद्धको कसुर, आतंकवाद, सार्वजनिक शान्ति भंग, हातहतियार तथा विष्फोटक पदार्थसम्बन्धी कसुर, राष्ट्रिय तथा सार्वजनिक सम्पत्ति नष्ट…