२०८२, २९ कार्तिक शनिबार

१७ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक निर्माणमा प्रतिबन्ध

१७ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक निर्माणमा प्रतिबन्ध


काठमाडौं । सरकारले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो।

कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीहरूले अब तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायका निर्माण कार्यमा सहभागी हुन पाउने छैनन्। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) अनुसार सम्झौता उल्लङ्घन गर्ने, कार्य समयमा सम्पन्न नगर्ने वा ठेक्का तोड्ने कम्पनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयले स्पष्ट पारेको छ।

सूचना अनुसार, केही कम्पनीहरू एक वर्षका लागि र केही दुई वर्षका लागि कालोसूचीमा परेका छन्।
कार्यालयले चेतावनी दिँदै भनिएको छ-“सार्वजनिक सम्पत्ति र बजेटको दुरुपयोग गर्नेलाई कानुनी कारबाहीमा ल्याइनेछ।”

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  ८ : २६ बजे

ट्रम्पले बीबीसीविरूद्ध कानुनी कारवाही गर्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरूद्ध एक अर्बदेखि पाँच

आन्दोलनकारीबाट मुख्यमन्त्री यादवलाई सुरक्षा चुनौती, सीमित कार्यक्रमहरूमा मात्र सहभागिता

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन

काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधि भन्दै जनकपुरधाममा वृहत् जनप्रदर्शन

प्रहरीको गोली प्रहारबाट वडाध्यक्षको मृत्यु

दाङ । धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर