२०८३, १२ कार्तिक बिहीबार

आगामी निर्वाचनबारे आयोगले आज दलहरूसँग छलफल गर्दै

आगामी निर्वाचनबारे आयोगले आज दलहरूसँग छलफल गर्दै


काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग आगामी प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्दैछ।

प्रतिनिधि सभा विघटन भएपश्चात् फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने मिति तय गरिएको छ। यस सम्बन्धमा आयोगले आज बिहान साढे ११ बजे राजनीतिक दलहरूसँग छलफल गर्ने तयारी गरेको छ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, छलफलमा विघटित प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने कुल २८ दललाई सहभागी हुन निमन्त्रणा गरिएको छ।

छलफलको मुख्य उद्देश्य आगामी निर्वाचन सञ्चालनका प्रक्रिया, समय तालिका र दलहरूको सुझाव तथा सरोकार सुनुवाइ गर्नु रहेको छ। आयोगले यसबाट निर्वाचन सुचारु, पारदर्शी र निष्पक्ष रुपमा सम्पन्न गर्न आवश्यक तयारी गर्न सक्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  १० : ०१ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली