२०८३, २७ भाद्र आईतबार

आगामी निर्वाचनबारे आयोगले आज दलहरूसँग छलफल गर्दै

आगामी निर्वाचनबारे आयोगले आज दलहरूसँग छलफल गर्दै


काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग आगामी प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्दैछ।

प्रतिनिधि सभा विघटन भएपश्चात् फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने मिति तय गरिएको छ। यस सम्बन्धमा आयोगले आज बिहान साढे ११ बजे राजनीतिक दलहरूसँग छलफल गर्ने तयारी गरेको छ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, छलफलमा विघटित प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने कुल २८ दललाई सहभागी हुन निमन्त्रणा गरिएको छ।

छलफलको मुख्य उद्देश्य आगामी निर्वाचन सञ्चालनका प्रक्रिया, समय तालिका र दलहरूको सुझाव तथा सरोकार सुनुवाइ गर्नु रहेको छ। आयोगले यसबाट निर्वाचन सुचारु, पारदर्शी र निष्पक्ष रुपमा सम्पन्न गर्न आवश्यक तयारी गर्न सक्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  १० : ०१ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।