२०८२, २८ कार्तिक शुक्रबार

भूमि आयोग खारेजविरुद्ध एमालेका दुई जनसंगठन सडकमा

भूमि आयोग खारेजविरुद्ध एमालेका दुई जनसंगठन सडकमा

सरकारलाई चेतावनी


काठमाडौं । भूमि समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) निकट भूमि अधिकार तथा श्रमिक संगठन नेपाल र अखिल किसान महासंघले काठमाडौँको तीनकुनेमा जोरदार विरोध प्रदर्शन गरेका छन्। सभामा अध्यक्ष इन्द्र तामाङले सरकारले आयोग पुनःस्थापना नगरे सडक आन्दोलनको आँधी ल्याउने चेतावनी दिँदै भने, “गरिब किसानको हितमा स्थापना गरिएको आयोग खारेज भएपछि हामी सडकमा उत्रिनु अनिवार्य भयो।”

किसान महासंघका अध्यक्षले पनि सरकारलाई छिटो निर्णय फिर्ता लिन चेतावनी दिँदै, “५ लाखभन्दा बढी श्रमिक र किसान सडकमा उतारेर आन्दोलन गर्नेछौं।” महासचिव उमेश आचार्यका अनुसार, जेन-जी आन्दोलनपश्चात एमालेको जनसंगठनबाट सडकमा पहिलोपटक भूमि अधिकार तथा श्रमिक संगठन सक्रिय भएको हो। प्रदर्शनको क्रममा सरकारविरुद्ध चर्को नाराबाजी र ऐक्यबद्धता देखाइएको थियो।

सडक आन्दोलनको यो कदम सरकारका भूमि नीति र निर्णयप्रति एमालेको जनसंगठनको गम्भीर असहमति स्पष्ट देखाउने दावी गरिएको छ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  १० : ११ बजे

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, आगामी निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । संघीय संसदअन्तर्गतका दुई वटा स्थायी समितिहरूको बैठक आज

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई