काठमाडौं, ९ मंसिर : काठमाडौंको पशुपति आर्यघाटमा शव जलाउने सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सोमबार सार्वजनिक गरेको सन् २०२० ९यो वर्ष० का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छानेका सय जनामध्ये नेपालकी सपना रोका मगर समेत परेकी हुन् । कठिन परिस्थितिमा पनि संघर्षको बाटोलाई स्वीकार्दै समाज…