२०८३, ८ श्रावण शनिबार

बीआरआइलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्छ : सभामुख घिमिरे

बीआरआइलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्छ : सभामुख घिमिरे


काठमाडौं । सभामुख देवराज घिमिरेले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) परियोजना, राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर गम्भीरताका साथ अगाडि बढाउनुपर्ने समय आएको बताएका छन् । 

विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव विषयक अन्र्तक्रिया कार्यक्रममा उनले विश्वको उदियमान अर्थतन्त्र बनेको चीनबाट नेपालको राष्ट्रिय हित अनुकूल हुनेगरी क्षेत्रगत रुपमा सहायोग लिन नेपालले सक्नुपर्ने धारणा राखे । साथै उनले अमेरीकाको एमसीसी परियोजना जस्तै बीआरआईलाई पनि राष्ट्रिय हित अनुकूल हुनेगरी गम्भीरता साथ अगाडि बढाउनुपर्ने बताए ।  

उनले भने, ‘नेपाल राष्ट्रको राष्ट्रियतालाई पहिलो प्राथमिकता दिदै यी मूलुकहरुबाट हुने फाइदा कसरी लिन सकिन्छ यो एउटा प्रतिस्पर्धात्मक अवस्थामा हामीले यसलाई बडा गम्भीरताका साथ लिनुपर्ने बेला आएको जस्तो लाग्छ ।’

उनले एमसीसी परियोजना जस्तो बिआरआई चर्चामा नआए पनि राष्ट्रको हितको लागि सोचेर परियोजनालाई अबलम्बन गर्नुपर्ने बेला आएको धारणा राखे ।

भारत र चीन बीचको प्रभाव, आर्थिक विकास र प्रतिस्पर्धाबाट नेपालले फाइदा लिनु अवसर र चुनौति दुबै भएको बताएका उनले दुबैसँग सन्तुलित नीति लिएर नेपालको विकासको लागि सोच्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

घिमिरेले भने, ‘नेपाल दक्षिण एसियाको क्रस रोडको रुपबाट रहेको छ भने पूर्व एसियाको पनि क्रस रोडको रुपमा रहेको छ । भौगोलिक अवस्थितिको कारणले अहिले आफूलाई बलियो बनाएर अगाडि बढिरहेको चीन र इन्डिया बीचको आर्थिक प्रतिस्पर्धाको बीचबाट नेपालले कसरी फाइदा लिने यो एउटा हाम्रो लागि एकापट्टी अवसरको कुरा रहेको छ भने सँगसँगै चुनौतिको कुराहरुपनि छ ।’

प्रकाशित मिति : २०८०, १६ भाद्र शनिबार  ८ : ४९ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने