भक्तपुर, ९ भदौ: चाँगुनारायण नगरपालिकाले आज गरेको बजार अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको पाइएको छ । आज नगरपालिकाको वडा नम्बर ५ र ७ खरिपाटीका निर्माण सामग्रीको बिक्री वितरण गर्दै आएका पसल, किराना पसल, खाजा घर, चिया पसल, सुनचाँदी पसल र औषधि पसलको अनुगमन गरिएको थियो । नगर उपप्रमुख बिना बाँस्तोलाको नेतृत्वमा गएको…