२०८२, २५ असार बुधबार

आज धनगढीमा नेकपाको जनसभा, प्रधानमन्त्री जाँदै सुरक्षा व्यवस्था कडा पारिंदै

आज धनगढीमा नेकपाको जनसभा, प्रधानमन्त्री जाँदै सुरक्षा व्यवस्था कडा पारिंदै


काठमाडौं, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) धनगढी जाँदैैछन् । ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा राखेको सभालाई सम्बोधन गर्न ओली धनगढी जान लागेका हुन् । ओली समूहले आज धनगढीमा जनसभा गर्दैछ ।

पार्टी विभाजन पछि पहिलो पटक ओली राजधानी बाहिर जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । यसअघि राजधानीमा भएको विभिन्न कार्याकर्ता भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी आउने भएपछि कैलालीको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्रीको सुरक्षा तथा आमसभा स्थलमा अप्रिय घटना हुन नदिन सुरक्षा रणनीति बनाएर अगाडि बढेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिएका छन् । ‘प्रधानमन्त्री ज्यूकोे सुरक्षाका लागि व्यापक सुरक्षा प्रबन्ध मिलाएका छौँ । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ’ उनले भने ।

प्रधानमन्त्री ओलीको सुरक्षाका लागि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन हुने छन् । शुक्रबार प्रधानमन्त्री ओलीको सुरक्षाका लागि कार्यक्रमस्थल, प्रधानमन्त्री जाने सडक लगायत स्थानमा गरी करिब एक हजारको हाराहारीमा सशस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरिने प्रहरी स्रोतले जनाएको छ । यस्तै झण्डै सयको हाराहारीमा सादा पोसाकमा प्रहरी खटिने छन् ।

आमसभा स्थल वरिपरि तथा प्रधानमन्त्री ओली आवात–जावत गर्ने सडकमा कुनै पनि किसिमको विरोध गर्न नदिन सुरक्षाकर्मीलाई ‘हाई अलर्टमा राखिएको छ । आमसभास्थल तथा प्रधानमन्त्री आवत–जावत गर्ने सडक क्षेत्रमा कालो ब्यानर, कालो मास्क र कालो झण्डामा प्रतिबन्ध लगाइएको प्रहरी स्रोतले बतायो ।

‘कालो ब्यानर, मास्क र झण्डाले विरोधकोे संकेत गर्ने गरेको भनेर कुरा आएको छ। त्यसैले हामीले यसमा रोक लगाएका छौँ’ एक उच्च प्रहरी अधिकारीले प्रहरीले भने । प्रतिनिधि सभा विघटनपछि पहिलो पटक जनसभालाई सम्बोधन गर्न आउन लागेका प्रधानमन्त्री ओलीको धनगढीको यात्रालाई निकै चासोले हेरिएको छ ।

 

प्रकाशित मिति : २०७७, २४ पुस शुक्रबार  ८ : १९ बजे

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत

विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा,

आठ जटिल रोगका बिरामीलाई सरकारले २ लाखसम्मको उपचार सुविधा दिने

काठमाडौं । सरकारले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,

रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार

उपत्यकाका विद्यालयहरूमा चर्को शुल्कवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको कडा आपत्ति

काठमाडौं । उपत्यकाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ११