२०८२, ३१ असार मंगलबार

नेपालमा मोबाइल डाटाबाट नेट प्रयोग उच्च

नेपालमा मोबाइल डाटाबाट नेट प्रयोग उच्च


काठमाडौं, २१ पुस :  नेपालमा मोबाइल डाटामार्फत इन्टरनेट (ब्रोडब्यान्ड) को प्रयोग गर्ने दर उच्च भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस ९म्यानेजमेन्ट इन्फरमेसन सिस्टम० प्रतिवेदनअनुसार नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता २ करोड ३९ लाख २१ हजार १ सय ८० छन्। करिब एक चौथाइ प्रयोगकर्ताले मोबाइल डाटा र बाँकीले फिक्स्ड माध्यमबाट ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्छन्।

प्राधिकरणका अनुसार मोबाइल डाटाबाट इन्टरनेट चलाउने १ करोड ७५ लाख ७५ हजार ४ सय १९ जना छन्। तथ्यांकअनुसार फिक्स इन्टरनेट प्रयोग गर्ने ६३ लाख ४५ हजार ७ सय ६१ छन्। यसमा तारको मद्दतबाट ब्रोडब्यान्ड प्रयोग गर्ने ६१ लाख १९ हजार ९९ छन् भने बिनातार अर्थात् वायरलेस ब्रोडब्यान्ड प्रयोग गर्ने २ लाख २६ हजार ६ सय ६२ छन्। ब्रोडब्यान्ड चलाउनेमध्ये मोबाइल ७३ प्रतिशत, फिक्स वायर २६ प्रतिशत र फिक्स वायरलेस १ प्रतिशत छन्।

सहज प्रविधि र मोबिलिटीका कारण मोबाइल डाटाबाट इन्टरनेट प्रयोग गर्ने धेरै देखिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। पछिल्लो समय नेपालमा स्मार्टफोन प्रयोगकर्ता पनि बढेका छन्। स्मार्टफोनमा सहजै इन्टरनेट चलाउन सकिन्छ। सिम किन्यो, डाटा अन गर्‍यो इन्टरनेट चलिहाल्छ। फिक्स इन्टरनेटको प्रयोग बढ्ने गरी नेपालमा आवश्यक पूर्वाधारको विकास भइसकेको छैन। भौगोलिक जटिलता र महँगो लागतले गर्दो धेरै पहाडी र हिमाली जिल्लामा फाइबर सेवाको विस्तार हुन सकेको छैन।

प्राविधिक रूपमा पनि मोबाइल डाटाको प्रयोगबाट इन्टरनेट चलाउन सहज छ। ‘मोबाइल टावरको कभरेज धेरै हुन्छ। घर तथा बाहिर जता पनि मोबाइल डाटा प्रयोग गर्न सकिन्छ’, प्रवक्ता अर्यालले भने, ‘फाइबर इन्टरनेट निश्चित स्थानमा बसेर चलाउनुपर्ने हुन्छ।’ सहज पहुँच र कभरेजका कारणले पनि मोबाइल डाटा प्रयोगदर उच्च देखिएको अर्यालले बताए।

उपभोक्ताका लागि आर्थिक हिसाबले मोबाइल डाटाको तुलनामा फाइबर इन्टरनेट सस्तो पर्छ। मोबाइल नेटवर्क भएको हरेक स्थानमा डाटा उपयोग गर्छ सकिन्छ। पछिल्लो समय तराई तथा सहरी क्षेत्र फाइबर इन्टरनेट प्रयोगकर्तामा वृद्धि भइरहेको उनले बताए। नेपालमा तीन वटा कम्पनीले मात्र मोबाइल इन्टरनेट सेवा प्रदान गरिरहेका छन्। ती हुन्, एनसेल, स्मार्ट र नेपाल टेलिकम। निर्दोष घोरसाइनेले अन्नपूर्ण पोस्ट दैनिकले खबर लेखेका छन् ।

प्रकाशित मिति : २०७७, २१ पुस मंगलबार  ८ : ३२ बजे

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे