२०८२, ३० पुस बुधबार

देशभर श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै,सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक भावले मनाइँदै छ । वैदिक सनातन धर्मावलम्बीले ज्ञान,भक्ति र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको जन्मउत्सव धुमधामका साथ मनाउँदै छन् ।द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन…