काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको मूल्य मान्यताविपरीत एकतर्फीरूपमा गठबन्धन टुटाएको आरोप लगाएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले कांग्रेसप्रति मात्रै नभई जनता र संविधानमाथि समेत कुठाराघात गरेको आरोप लगाए । ‘अहिले यसरी गठबन्धन भत्काउने भनेको यो जनमतको पनि घोर अपमान हो’ उनले भने, ‘जनमतको…