२०८३, २ भाद्र बुधबार

आज पहाडी भू–भागमा मेघगर्जनसहित बर्षाको सम्भावना

आज पहाडी भू–भागमा मेघगर्जनसहित बर्षाको सम्भावना


काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रीय परिसंचरनको पनि प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतयाः सफा रहने छ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८०, १८ चैत्र आईतबार  ६ : ३३ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश